‘प्रचण्ड’ले जङ्गलदेखि सरकारमा तहल्का मच्चाए : तिमिल्सिना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘प्रचण्ड’ले जङ्गलदेखि सरकारमा तहल्का मच्चाए : तिमिल्सिना


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जङ्गलदेखि सरकारमा तहल्का मच्चाएको बताएका छन् । 

मङ्गलवारबाट काठमाडौँमा सुरु भएको नेसनल चेस च्याम्पियनसिपको उद्घाटन कार्यक्रममा अध्यक्ष तिमलसिनाले यस्तो बताएका हुन् । 

बुद्धिचालका कारण मानिसहरूको दिमाग तेजिलो हुने बताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल पनि चेस धेरै खेल्ने खेलाडी भएकाले नै जङ्गलदेखि संसद् र सरकारसम्म पुग्नुको कारण हुनसक्ने बताए । 

अध्यक्ष तिमिल्सिनाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धेरै चेस खेलेका कारण धेरैपटक प्रधानमन्त्री बनेको हुनसक्ने बताए । 

तिमिल्सिनाले एमालेका अध्यक्ष केपी शर्मा ओली जेलमा रहँदादेखि नै खेलहरूमा उत्कृष्ट रहेको भन्दै चेस खेलकै कारण अहिलेको राजनीतिक खेलाडी बनेको ठट्टा गरे ।

चेस खेलले मानिसको क्षमता विकास गर्ने भन्दै उनले ओली राजनीतिक खेलाडी बन्नुमा एउटा कारण चेस पनि रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस