महानगरद्वारा वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महानगरद्वारा वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ ।

विष्णुमती नदीलाई छुने काठमाडौँ महानगरपालिकाका १० वटा वडालाई समेटेर सञ्जाल गठन गरिएको हो । 

महानगरको वातावरण व्यवस्थापन विभागले मङ्गलवार वडा नम्बर १२-२० र २५ बाट जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि बोलाएर निरु महर्जनको अध्यक्षतामा ११ सदस्यीय सञ्जाल गठन गरेको हो ।

सञ्जालमा १० वटा वडामध्ये वडा नम्बर १६ बाट २ जना र बाँकी वडाबाट १÷१ जना सहभागी गराइएको सहायक निर्देशक सानुमैयाँ महर्जनले जानकारी दिइन् । सञ्जालको उपाध्यक्षमा पपुल सापकोटा र सचिवमा पवनप्रसाद गोर्खाली रहेका छन् । यस्तै सदस्यहरूमा गोविन्द श्रेष्ठ, स्वीट थापा, सरिता बज्राचार्य, अनेश चित्रकार, नानीहेरा डङ्गोल, कमल काफ्ले, गौरी देवकोटा रहेका छन् । समितिमा वडा नं. १८ बाट सदस्य थप गर्न बाँकी छ । महानगरका अनुसार सागर प्रजापति, कृपा श्रेष्ठ र विभूति मानन्धर रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस