मिटरब्याज पीडितहरूलाई न्याय दिलाइ छाड्ने गृहमन्त्रीको प्रतिबद्धता  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मिटरब्याज पीडितहरूलाई न्याय दिलाइ छाड्ने गृहमन्त्रीको प्रतिबद्धता 


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूलाई न्याय दिलाइ छाड्ने प्रतिबद्धता जनाएका छन् । 

गृह मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

अहिले मिटरब्याज पीडितहरू सडक आन्दोलनमा रहेको बताउँदै उनीहरूको समस्या समाधान गर्न मन्त्रालय तयार रहेको उनको भनाई छ । 

साथै उनले अहिलेको आर्थिक अवस्थालाई सहयोग पुर्‍याउनका लागि राजश्व सङ्कलन लगायतमा सहयोग पुग्ने किसिमका कार्यहरू गृह मन्त्रालयले गर्ने बताए।

नागरिकता विधेयकमा राष्ट्रिय सहमतिको अपेक्षा राखेको बताएका छन्।

संविधानले नै तोकेका व्यक्तिहरूलाई जतिसक्दो छिटो नागरिकता दिलाउने प्रयास गृह मन्त्रालयले गरिरहेको उनले बताएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस