गठबन्धनका शीर्ष नेता भोलि तनहुँ जाँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गठबन्धनका शीर्ष नेता भोलि तनहुँ जाँदै


५ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जाँदै छन् ।

नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न भोलि गठबन्धनका शीर्ष नेता तनहुँ जाने भएका हुन् ।

तनहुँ-१ मा वैशाख १० गते हुने उपनिर्वाचनमा भट्टराई सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

तनहुँको डुम्रेबजारमा भोलि दिउँसो २ बजे हुने चुनावी सभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, काँग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सम्बोधन गर्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस