कर्णाली प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाउँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्णाली प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाउँदै


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । कर्णाली प्रदेशको मन्त्रिपरिषद्ले बुधबारसम्म पूर्णता पाउने भएको छ।

बुधबारसम्म नेपाली काँग्रेस सरकामा सहभागी हुने भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउन लागेको हो । मुख्यमन्त्री राजकुमार शर्माले काँग्रेसबाट मन्त्री नियुक्त गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका हुन् । 

डेढ महिनाअघि केन्द्रमा फेरबदल भएको सत्ता समीकरणअनुसार कर्णालीमा नेपाली काँग्रेससहितको सरकार बनाउने विषयमा आइतबार दलहरूबीच छलफल भएको थियो।

तत्कालै एमालेले छोडेका मन्त्रालय काँग्रेसलाई दिएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको जनाइएको छ ।  

 जिसीले भने।

मन्त्रिपरिषद्लाई पूर्णता दिएर वैशाख ७ गते मुख्यमन्त्री शर्माले संसदबाट विश्वासको मत लिने तयारीसमेत गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस