अब चाँडै क्रिकेट रङ्गशालाको काम अघि बढ्छ : रेनु दाहाल   « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अब चाँडै क्रिकेट रङ्गशालाको काम अघि बढ्छ : रेनु दाहाल  


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने दाबी गरेकी छन् ।  

बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ गर्दै उनले रङ्गशाला बन्ने निश्चित भएको बताएकी हुन्। 

रङ्गशाला बन्ने  विषयमा जनमानसमा अझै शङ्का भएको बताउँदै उनले धुर्मुस-सुन्तली फाउण्डेसनलाई ऋण तिर्न एक मुष्ट १२ करोड अनुदान दिइसकिएको र अरू समस्या पनि समाधान गर्दै निर्माणाधीन रङ्गशालाको स्वामित्व राखेपले लिने निर्णय भएको र बाँकी कार्य पुल्चोक क्याम्पसको प्राविधिक सहयोगमा गर्ने गरी बोलपत्र आह्वान गरिने प्रमुख दाहालले बताइन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस