गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमै पुगेर सङ्कलन गरिएका राष्ट्रिय परिचयपत्रको वितरण कार्य सुरु गरिएको हो ।

२०७६ साल साउन ३२ गतेबाट राष्ट्रिय परिचयपत्र दर्ता सङ्कलन सुरु गरिएको गुल्मीमा विवरण दर्ता गराएको झण्डै ४ वर्षपछि मात्रै सर्वसाधारणले राष्ट्रिय परिचयपत्र पाउन थालेका हुन् । सर्वसाधारणले पहिलो पटक डिजिटल प्रविधिको परिचयपत्र पाएपछि स्थानीय खुसी छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गुल्मीमा स्थानीय तहमा पुगेर १ लाख २९ हजार ३५९ जनाको विवरण सङ्कलन भएको थियो भने जिल्ला प्रशासन कार्यालयमा हालसम्म ४४ हजार ८०१ जनाले राष्ट्रिय परिचयपत्र प्राप्तिका लागि विवरण दर्ता गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस