बाहिर रूख भनेर भित्र तलमाथि नगर्न गगन थापाको चेतावनी   « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाहिर रूख भनेर भित्र तलमाथि नगर्न गगन थापाको चेतावनी  


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चितवनका कार्यकर्तालाई बेइमानी नगर्न चेतावनी दिएका छन् ।  

सोमबार चितवनमा आयोजित उपचुनाव लक्षित सभालाई सम्बोधन गर्दै थापाले अघिल्लो चुनावमा जस्तो गल्ती नदोहोराउन आग्रह गरेका हुन्। 

यसअघि काँग्रेस कार्यकर्ताले अर्कै पार्टीलाई मतदान गरेको भन्दै महामन्त्री थापाले पाँच महिनाको अवधिमा सच्चिने मौका आएको र अब बेइमानी नगर्न चेतावनी दिएका हुन् । 

उनले कसैले मतदान गर्न नसक्ने भए स्पष्ट भन्न आग्रह गर्दै बाहिर बाहिर रुख भन्दै हिँडेर तलमाथि नगर्न चेतावनी दिए। 

Tags :
प्रतिक्रिया दिनुहोस