संघीय निजामती ऐन अन्तिम चरणमा, छिट्टै संसदमा पेस गर्ने तयारी   « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संघीय निजामती ऐन अन्तिम चरणमा, छिट्टै संसदमा पेस गर्ने तयारी  


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेस गर्ने बताएकी छन्।

सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले सोमबार राष्ट्रियसभा बैठकमा यस्तो बताएकी हुन् । 

राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्याङ्कन प्रतिवेदन २०७९ माथिको छलफलमा सांसदहरुले ऐनबारे जिज्ञासा राखेका थिए । उक्त जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले संसदमा यथाशीघ्र ऐन पेस गर्ने बताएकी हुन्। 

उनले सरकारले सो ऐनलाई अत्यन्त प्राथमिकतामा राखेर अघि बढाएको र अहिले त्यो कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणमा रहेको जानकारी गराइन्। 

मन्त्री शर्माले कर्मचारीहरूको सरुवालाई व्यवस्थित बनाउने गरी सो ऐनमा आवश्यक व्यवस्था मिलाउन पनि सांसदहरूलाई आग्रह गरेकी छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस