सय दिनको उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री जम्कट्टेल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सय दिनको उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री जम्कट्टेल


४ बैशाख २०८०, सोमबार


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले गत पुस २५ गते नियुक्त भएका थिए । 

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका जम्कट्टेलले आगामी वैशाख ६ गते आफ्नो कार्यकालको भएका कामहरूको उपलब्धि सार्वजनिक गर्ने तयारी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रदेशको मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस