काठमाडौँ । प्रधानन्यायाधीश नियुक्त गर्न प्रमुख दलका शीर्ष नेताहरुले संवैधानिक परिषद्को बैठक बोलाउने सहमति गरेका छन् ।
आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा उक्त सहमति गरेको हो ।
बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष ओली सहभागी थिए ।