महानगरले ९ दिन सम्म पनि फोहोर नउठाएपछि सिंहदरवारले खोज्यो यस्तो विकल्प   « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

महानगरले ९ दिन सम्म पनि फोहोर नउठाएपछि सिंहदरवारले खोज्यो यस्तो विकल्प  


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहोर ल्याण्डफिल साइटमा लैजान रोकेपछि वर्गीकरण गरेर सिंहदरवार भित्रै फोहोर व्यवस्थापनको विकल्प खोजिएको छ।

सिंहदरवार भित्रको फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको परिवर्तन सेवा प्रा.लि.ले पुनः प्रयोग हुने र कुहिने फोहोर छुट्याएर व्यवस्थापनको काम गरिरहेको जनाइएको छ । 

परिवर्तन प्रा.लीका अनुसार सिंहदरवारबाट कुहिने र नकुहिने गरी दैनिक ५ टन फोहोर उत्पादन हुँदै आएको छ भने ५ टन मध्ये फोहोर वर्गीकरण गरेर ३ टन भन्दा धेरै फोहोरको व्यवस्थापन भएपनि करिब २ टन फोहोर ल्याण्डफिल साइट लैजान पर्ने फोहोर उत्पादन हुने गर्दछ ।

महानगरपालिका र सिंहदरवारबीच छलफल नहुँदा फोहोरमैला सिंहदरवार भित्रै व्यवस्थापन गर्न परेको हो । सिंहदरवारबाट निस्कने सबैभन्दा धेरै फोहोर क्यान्टिनहरूबाट हुने गर्दछ । सरकारी कायालयबाट प्रायः नकुहिने फोहोर निस्कने हुनाले त्यति छिट्टै समस्या नआए पनि क्यान्टिनबाट धेरै फोहोर निस्किँदा दुर्गन्धित हुने खतरा रहेको सफाइ कर्मचारीहरूले बताएका छन् । 

महानगरपालिकाले सिंहदरवार भित्रको फोहोर नउठाएको ९ दिन भइसकेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस