श्रीपशुपति हिन्दु विश्वविद्यालय निर्माण प्रक्रिया सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

श्रीपशुपति हिन्दु विश्वविद्यालय निर्माण प्रक्रिया सुरु


३ बैशाख २०८०, आइतबार


काठमाडौँ ।  ‘श्रीपशुपति हिन्दु विश्वविद्यालय’ निर्माण प्रक्रिया अगाडि बढेको छ । हिन्दु धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । 

हिन्दु विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणा पत्र तयार गर्न मन्त्रलालद्वारा गठित विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति संयोजक संस्कृतविद् डा. जगमान गुरुङले अध्ययनसहितको अवधारणा-पत्र २०७९ आज पर्यटन मन्त्री सुदन किरातीलाई बुझाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस