दाङमा बस दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते « प्रशासन
Logo ६ आश्विन २०८०, शनिबार
   

दाङमा बस दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते


२ बैशाख २०८०, शनिबार


दाङ । दाङमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन यात्रु घाइते भएका छन्।

शनिबार दिउँसो पौने १ बजे घोराहीबाट बुटवल जाँदै गरेको ना ४ ख ६९५० नम्बरको मिनी बस घुम्तीमा ठोक्किएको थियो।

बस मसोटको तेस्रो घुम्तीमा ब्रेक फेल भई पल्टिन लागेको बसबाट हाम फाल्दा बंगलाचुली गाउँपालिका–६ लापे निवासी ३० वर्षीया यमी घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस