बढ्दै कोरोना संक्रमण, थप १३६ जनामा पुष्टि  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बढ्दै कोरोना संक्रमण, थप १३६ जनामा पुष्टि 


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ हजार ४२४ नमुनामध्ये १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना  र १ हजार २२७ जनाको एन्टीजेन परीक्षण गर्दा १०२ गरी १३६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार कोरोना सक्रिय सङ्क्रमितको संख्या ४०१ पुगेको छ । ३२ जना संस्थागत आइसोलेसनमा छन् भने ११ जना आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस