नेकपा एसले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेकपा एसले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ ।

आज शुक्रबार बसेको एकीकृत समाजवादीको बैठकले अप्रिल २२ को दिन अर्थात् वैशाख ९ गते देशभर विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

दिवसका अवसरमा काठमाडौंमा एउटा केन्द्रीय कार्यक्रम र जिल्लाहरूमा आफू अनुकूल कार्यक्रम हुने पार्टीले जनाएको छ । 

बैठकले एकीकृत समाजवादी छाडेका मुकुन्द न्यौपानेको नाम अभिलेखबाट हटाउने पनि निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस