देशको अवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखियो : पूर्वराजा ज्ञानेन्द्र  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

देशको अवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखियो : पूर्वराजा ज्ञानेन्द्र 


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखिएको टिप्पणी गरेका छन् ।

बिहीबार नयाँ वर्षको अवसरमा एक सन्देश जारी गर्दै उनले विगत तीन दशकयताको देशको अवस्थाप्रति युवा पिँढीमा चरम असन्तुष्टि पैदा भएको बताएका हुन् ।

पूर्वराजा शाहले सरकारी ढुकुटी, सञ्चालित वित्तीय संस्थाहरूको वार्षिक कारोबार विपन्न वर्गको उत्थानमा परिचालन नभएको बताएका छन् । सीमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन पुगेको भन्दै उनले उत्पादन, आर्जन एवं परिचालनमा उपयुक्त ध्यान नदिँदा जन साधारणमा समस्या बढेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस