एयरपोर्टमा खटिने कर्मचारीलाई खल्ती भएका लुगा लगाउन रोक « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एयरपोर्टमा खटिने कर्मचारीलाई खल्ती भएका लुगा लगाउन रोक


३० चैत्र २०७९, बिहिबार


नेपाल वायुसेवा निगम

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले अबदेखि खल्ती भएको लुगा लगाउन नपाउने भएका छन्।

विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने नेपाल वायु सेवा निगमका कर्मचारीले खल्ती भएको लुगा लगाउन नपाउने भएका हुन् ।

यात्रुहरूको लगेज फुटेकोजस्ता गुनासा आएपछि निगमले यस्तो निर्णय गरेको हो । ब्यागेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन समेत लगाइएको र लगेजलाई वर्षातको पानीबाट जोगाउन ट्रलीमा छानासमेत लगाएको निगमले जनाएको छ ।

निगमका अनुसार एयरपोर्टमा कार्यरत कर्मचारीहरूका लागि खल्तीरहित पोसाकको व्यवस्थासमेत गरिएको छ । लगेज सुरक्षार्थ कर्मचारी पनि खटाइएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस