खुल्यो नयाँ स्टक एक्सचेन्ज र कमोडिटीको लाइसेन्स « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

खुल्यो नयाँ स्टक एक्सचेन्ज र कमोडिटीको लाइसेन्स


३० चैत्र २०७९, बिहिबार


काठमाडौँ । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स खुलेको छ । नेपाल धितोपत्र बोर्डले उक्त लाइसेन्स खुलाएको हो ।

बोर्डले यसअघि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने नियमावली संशोधन गरे पनि सर्वोच्च अदालतले रोक लगाएपछि लाइसेन्स दिने प्रक्रिया रोकिएको थियो ।

हाल सर्वोच्चले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खुलाएको छ । सर्वोच्चले बाटो खुलाएसँगै बोर्डले बिहीबार एक सूचना जारी गर्दै इच्छुक कम्पनीलाई आवेदन दिन भनेको हो ।

सर्वोच्चले रोक लगाउनुअघि नै बोर्डले लाइसेन्स खुलाएको थियो । बोर्डले १० दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस