श्वासप्रश्वाससम्बन्धी बिरामी घर बाहिर ननिस्कन सरकारको आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

श्वासप्रश्वाससम्बन्धी बिरामी घर बाहिर ननिस्कन सरकारको आग्रह


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । वायु प्रदूषण बढेपछि सरकारले श्वासप्रश्वाससम्बन्धी बिरामीलाई र बाहिर ननिस्कन आग्रह गरेको छ । 

डढेलाका कारण काठमाडौँ उपत्यकासहित मुलुकको मध्य र पूर्वी भागमा वायु प्रदूषणको मात्रा जनस्वास्थ्यलाई हानी गर्ने अवस्थामा पुगेपछि वातावरण विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी बढी प्रभावित हुने भएकोले सकेसम्म घर बाहिर ननिस्किन आग्रह गरेको हो। 

साथै अन्य उमेर समूहका व्यक्तिलाई पनि घर बाहिर निस्किँदा विशेष सावधानी अपनाउन भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस