कर्मचारीको ट्रेड युनियन खारेज गर्न माग  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीको ट्रेड युनियन खारेज गर्न माग 


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ। सांसद ज्ञानेन्द्र शाहीले सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकसमेत रहेका सांसद शाहीले बुधबार प्रतिनिधि सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको वक्तव्य उपर धारणा राख्दै यस्तो बताएका हुन् । 

उनले भने, ‘कर्मचारीको युनियन खारेज गर्ने नीति ल्याउनुस् । तपाईँलाई हाम्रो हार्दिक स्वागत छ ।’

मन्‍त्री मोदीले संघीय निजामति विधेयक संसदमा ल्याउने तयारीमा सरकार रहेको बताएका छन् ।

सम्बन्धित समाचार : संघीय निजामती सेवा ऐन संसदमा प्रस्तुत गर्ने मन्त्री मोदीको तयारी 

Tags :
प्रतिक्रिया दिनुहोस