निर्मला प्रधान राष्ट्रिय वनस्पति पुरस्कारबाट सम्मानित « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

निर्मला प्रधान राष्ट्रिय वनस्पति पुरस्कारबाट सम्मानित


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । प्रा.डा. निर्मला प्रधानलाई राष्ट्रिय वनस्पति पुरस्कारबाट सम्मान गरिएको छ ।

ब्रायोफाइटसका विज्ञ प्रा.डा. प्रधानलाई वनस्पति विभागको ६३ औँ वार्षिकोत्सव तथा २४ औँ वनस्पति दिवसका अवसरमा प्रधानलाई पुरस्कार हस्तान्तरण गरिएको हो । राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले प्रधानलाई पुरस्कार हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशि २ लाख रुपैयाँ नगद छ ।

नेपालमा वानस्पतिक स्रोतको अध्ययन, अनुसन्धान तथा प्राध्यापनमा लामो समय समर्पित रही वानस्पतिक स्रोतको संरक्षण तथा विकासमा योगदान दिएकाले उनलाई सम्मान गरिएको विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस