भुवन केसीप्रति दीपकराजको आक्रोश-यो अध्यक्ष आएदेखि जताततै लफडै लफडा छ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भुवन केसीप्रति दीपकराजको आक्रोश-यो अध्यक्ष आएदेखि जताततै लफडै लफडा छ


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । कलाकार दीपकराज गिरीले चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी आएपछि फिल्म क्षेत्रमा जताततै लफडै लफडा भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफ्नो फिल्मको बक्स अफिस रिपोर्ट गलत सार्वजनिक गरेको भन्दै आक्रोश पोखेका हुन् ।

बोर्डले सार्वजनिक गरेको फिल्मको आम्दानी रिपोर्ट समेत गलत रहेको उनको धारणा छ ।

उनले लेखेका छन्, ‘चलचित्र विकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ । यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा…’

बोर्डले वर्ष २०७९ को स्वदेशी र विदेशी गरेर १३२ फिल्मको सूचि हिजो मङ्गलवार सार्वजनिक गरेको थियो । जसमा वर्षभरिमा धेरै कमाउने फिल्मको पहिलो नम्बर ‘कबड्डी ४’ देखिएको छ ।

फिल्मले २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाएको रिपोटमा उल्लेख छ । फिल्मको टिकट ७ लाख ६६ हजार बिक्री भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस