महाशिवरात्रि मेलामा घोटाला भयो, अख्तियारले छानबिन गर्छ : मन्त्री किराती  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महाशिवरात्रि मेलामा घोटाला भयो, अख्तियारले छानबिन गर्छ : मन्त्री किराती 


२८ चैत्र २०७९, मंगलबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष सञ्चालन गर्ने महाशिवरात्रि मेलामा घोटाला भएको देखिएको बताएका छन् ।

‘महाशिवरात्रि मेलामा सम्झौता विपरीत काम भएको र छानबिन गर्दा घोटाला भएको देखिएकोले यसबारे थप अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्छ,’ उनको भनाई छ  । यसबारे थप अनुसन्धान गरी दोषी उपर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय मन्त्रालयले गरेको छ ।

पशुपतिनाथ मन्दिरमै भेटीघाटी सङ्कलन हुने घ्याम्पो हराएको सन्दर्भमा छानबिन समिति गठन भएको छ । सो समितिको प्रतिवेदनका आधारमा थप अनुसन्धान आवश्यक पर्ने भन्दै मन्त्रालयले गृह मन्त्रालयमार्फत नेपाल प्रहरीमा पठाउने निर्णय समेत गरेको मन्त्री किरातीले जानकारी दिए ।

पशुपतिनाथ मन्दिरबाट दिउँसै समयमा सुरक्षाकर्मीकै बीचबाट घ्याम्पो हराएको थियो । पशुपतिनाथ मन्दिरमा सीसीटीभी क्यामराको तार नै काटेर चोरी भएको समेत पाइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस