कर्णालीको बहु आयामिक सम्भावना सदुपयोग गर्न विशेष बजेट : रक्षामन्त्री खड्का « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्णालीको बहु आयामिक सम्भावना सदुपयोग गर्न विशेष बजेट : रक्षामन्त्री खड्का


२८ चैत्र २०७९, मंगलबार


सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको बहु आयामिक सम्भावना सदुपयोग गर्न केन्द्रबाट विशेष बजेट व्यवस्था गर्ने बताएका छन्।

नेपाली काँग्रेस सुर्खेत क्षेत्र (२) को पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा सोमबार आयोजित प्रथम क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उनले विकासको गति तीव्र रूपले बढ्ने गरी केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने बताए। निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेको सरकारले कर्णाली विकासलाई प्राथमिकता राख्ने उनको भनाइ थियो।

चुनावताका जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने बताउँदै रक्षामन्त्री खड्काले भने, ‘शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको रक्षा र देशको तीव्र विकासमा वर्तमान सरकारले जोड दिन्छ। द्वन्द्वपीडितहरूलाई न्यायिक निरूपणमार्फत न्याय दिन र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराउँछौँ।’

रक्षामन्त्री खड्काले, उनकै शब्दमा, पुस १० को अप्राकृतिक गठबन्धन भत्केर बनेको प्राकृतिक गठबन्धनले देश र जनताका पक्षमा काम गर्ने बताउँदै मुद्दामा सहमत भएका दलहरू एक ठाउँमा रहेकाले ती मुद्दाहरू पूरा हुने जनाए।

पुसमै बन्नुपर्ने सरकार चैत १७ गते बन्दा महत्त्वपूर्ण समय खेर गएको जनाउँदै रक्षामन्त्री खड्काले अहिले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने बजेट आउने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस