कसले बनायो भरतपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कसले बनायो भरतपुर अस्पतालबाट नक्कली पीसीआर रिपोर्ट ?


२८ चैत्र २०७९, मंगलबार


भरतपुर अस्पताल

चितवन। भरतपुर अस्पतालको लेटरप्याड र डिजिटल हस्ताक्षर प्रयोग गरेर नक्कली कोरोना रिपोर्ट बनाएको भेटिएको छ ।

अस्पतालको लेटरप्याड र हस्ताक्षर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्टहरू तयार पारिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अस्पतालले माघ १३ गतेदेखि अस्पतालमा कोभिड-१९ को पीसीआर परीक्षण कार्य रिएजेन्ट अभावका कारणले रोकिएको जनाएको छ । अस्पतालमा दैनिक ४५ जनाको एन्टिजेन परीक्षण भने भइरहेको छ ।

तर एसइई र क्याम्पस स्तरको परीक्षा दिने विद्यार्थीहरूले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएपछि अस्पतालले अनुसन्धान गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस