कृष्णबहादुर महराले भने : ‘संक्रमणकालीन न्याय अदालतले हस्तक्षेप गर्ने विषय होइन’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कृष्णबहादुर महराले भने : ‘संक्रमणकालीन न्याय अदालतले हस्तक्षेप गर्ने विषय होइन’


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्याय हस्तक्षेप गर्ने विषयवस्तु नभएको बताएका छन्।

सोमबार काठमाडौँमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायको विषय अदालत र न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु नभएको बताएका हुन् । उनले सत्य निरूपण आयोगद्वारा निरूपण हुनुपर्ने पनि बताए।

उनले भने, ‘संक्रमणकालीन न्यायको विषय सत्य निरूपण आयोगद्वारा निरूपण हुनुपर्छ भन्ने हो। यो अदालतले वा न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु होइन। बृहत् विस्तृत शान्ति सम्झौताको मर्मको विषय पनि यही हो।’

Tags :
प्रतिक्रिया दिनुहोस