काँग्रेस सभापति देउवाले प्रमुख विपक्षी दलको नेताको सुविधा पाउने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काँग्रेस सभापति देउवाले प्रमुख विपक्षी दलको नेताको सुविधा पाउने


२७ चैत्र २०७९, सोमबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी दलको नेताको हैसियतमा सुविधा पाउने भएका छन् ।

संघीय संसद सचिवालयले प्रमुख विपक्षी दलको नेताको हैसियतमा देउवालाई ९३ दिनको सुविधा दिने तयारी गरेको हो ।

पुस १० मा प्रचण्डको नेतृत्वमा सरकार बनेको थियो । त्यस बेला काँग्रेस संसदमा प्रमुख विपक्षी दलको बेन्चमा बसेको थियो । तर २६ पुसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर पनि काँग्रेस विपक्षी दलको बेन्चमा नै बसेको थियो ।

नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले सरकारलाई विश्वासको मत दिएको दल प्रमुख विपक्षी दल हुन नसक्ने दाबी गर्दै आएका छन् । यस विषयमा सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ ।

काँग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता नदिन माग गर्दै परेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा संघीय संसद सचिवालयले भने सरकारमा सहभागी नभएको समयको प्रमुख विपक्षी दलको नेताको मान्यतासहित सेवा सुविधा काँग्रेस सभापति देउवालाई दिने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस