सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कायम भएको छ ।

यस्तैगरी, चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घट्दै १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस