कार्यव्यवस्था परामर्श समितिको बैठक जारी « प्रशासन
Logo २२ मंसिर २०८०, शुक्रबार
   

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी


२७ चैत्र २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद्को शङ्कर हलमा सभामुख देवराज घिमिरेले बैठक आव्हान गरेका हुन् ।

बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरूको उपस्थिति छ ।

प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नुका साथै विषयगत समिति गठन, मस्यौँदा समिति गठन लगायतमा छलफल हुनेछ । सोमबार दिउँसो संसद् बैठक बस्ने भएकाले त्यसअघि परामर्श समितिको बैठक बसेको हो ।

सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनयन गरेपछि आज पहिलो बैठक बसेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस