राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्।

नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष पोखरेललाई राष्ट्रपति पौडेलले आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

खोटाङका पोखरेल सूचना आयोगका पूर्वआयुक्त समेत हुन् । राष्ट्रपति पौडेलले प्रेस संयोजकका रुपमा यसअघि खिला कार्कीलाई नियुक्त गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस