पाटनको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट निर्वाचित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाटनको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट निर्वाचित


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । ललितपुरस्थित पाटन क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट बागी उठेका सुशील विष्ट निर्वाचित भएका छन् ।

गए राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट ८४१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत प्राप्त गरेका छन् । उनीहरूबीच १६९ मतान्तर रहेको छ ।

नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो ।

केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए । पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभाजन भएको थियो ।

विवाद समाधानका लागि पटक–पटक वार्ता गरिए पनि सहमति नजुटेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस