नागरिक उन्मुक्तिका नेता चौधरी पार्टीको कारबाहीमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नागरिक उन्मुक्तिका नेता चौधरी पार्टीको कारबाहीमा


२६ चैत्र २०७९, आइतबार


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी हितविपरीत काम गरेको भन्दै आफ्ना पार्टीका नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको जनाएको छ ।

सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले पार्टी हितविपरीत काम गरेकाले नेता सुरेन्द्र चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी सङ्घीय चुनावमा दाङ-१ बाट उम्मेदवार बनेका थिए । नागरिक उन्मुक्ति पार्टीका बारेमा सुरुदेखि नै आलोचनात्मक विचार राख्दै आएका सुरेन्द्र चौधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको जानकारी दिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस