मिटरब्याज पीडितहरूको अवस्था विकराल भएको देख्दा चिन्तित छु : माधव नेपाल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मिटरब्याज पीडितहरूको अवस्था विकराल भएको देख्दा चिन्तित छु : माधव नेपाल


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रूप भएको बताएका छन् ।

समाजवादी सहकारी सङ्गठन नेपालद्वारा आज आयोजित कार्यक्रममा उनले सहकारीले आम मानिसको हितमा काम गर्नुपर्ने बताउँदै यसले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी निजी र राज्य सम्मिलित तीनखम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताए ।

समाजमा छरिएका स–साना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष नेपालले अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएकामा चिन्ता व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा समेत यसलाई सम्बोधन गरिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस