सोविता गौतमको प्रश्न : किन फुटबल प्रशिक्षकलाई अझै नियुक्ति नदिएको ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सोविता गौतमको प्रश्न : किन फुटबल प्रशिक्षकलाई अझै नियुक्ति नदिएको ?


२४ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई तत्काल श्रम स्वीकृति र नियुक्ति दिन माग गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मुख्य प्रशिक्षक एनेसले नेपाल, भुटान र लाओस् सम्मिलित प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिता जिताइसक्दा पनि किन नियुक्ति नदिएको भनी प्रश्न गरेकी छन् ।

उनले भनिन्, ‘यो खेलप्रतिको उदासीनता पनि हो विसङ्गति विकृति र अव्यवस्था हो । खेल जितेको बेला खुद्रा पैसाको बिटो लगेर मात्र खेलप्रति सम्मान हुँदैन । हाम्रो अव्यवस्थाको मारभित्र मुख्य प्रशिक्षकलाई पार्नु हुन्न । उनलाई श्रम स्वीकृति दिनुपर्छ र तलब भत्ताको व्यवस्था गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस