रामेछापमा जिप दुर्घटनामा ४ को मृत्यु, १० जना घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रामेछापमा जिप दुर्घटनामा ४ को मृत्यु, १० जना घाइते


२३ चैत्र २०७९, बिहिबार


मन्थली । रामेछापको मन्थली नगरपालिका-७ को कौछिनी (मगर गाउँ नजिक) जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् । मृतकहरूको सनाखत हुन सकेको छैन । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए ।

स्थानीयवासी बलबहादुर तामाङका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ ।

स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ ।

मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक यस मिटर तल झरेको थियो । दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस