सङ्घीयता कार्यकर्ता भर्ती गर्ने ठाउँ : ज्ञानेन्द्र शाही « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सङ्घीयता कार्यकर्ता भर्ती गर्ने ठाउँ : ज्ञानेन्द्र शाही


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले सङ्घीयता कार्यकर्ता भर्ती गर्ने ठाउँ भएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कहीँ पनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको उनले बताए ।

सांसद शाहीले भने, ‘विदेशबाट ऋण ल्याएको ल्याएकै गर्ने, यहाँ हरेक दिन बेरोजगारी बढेको बढ्यै छ। त्यो पैसा कहाँ गयो ? यो पैसाको एक(एक हिसाब किताब अहिलेका प्रधानमन्त्रीहरूले र आजसम्म भएका प्रधानमन्त्रीहरूले जवाफ दिनुपर्छ। विदेशीसँग ऋण मागेर यो देशमा त्यो पैसा कहाँ गयो रु पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ गयो। म आग्रह गर्न चाहन्छु । प्रदेश एउटा पहिचानका लागि चाहिन्छ। एउटा देश ठूलो भयो भने देशलाई केन्द्रीकरण गर्न चाहिन्छ। तर, आज देशमा सङ्घीयता कार्यकर्ता भर्ती गर्नका लागि भयो। कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो। विदेशबाट ऋण ल्याएर देश चलाउने ।’

Tags :
प्रतिक्रिया दिनुहोस