उपप्रधानमन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उपप्रधानमन्त्री खड्का र अमेरिकी राजदूतबीच भेटवार्ता


२३ चैत्र २०७९, बिहिबार


काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग संयुक्त राज्य अमेरिकाका राजदूत डिन रिचर्ड थम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन्।

रक्षा मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। भेटमा उपप्रधानमन्त्री खड्काले नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुवै देशबीच घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको बताए।

उनले नेपाली सेनाको पूर्वाधार विकासलगायत क्षमता विकासमा अमेरिकी सरकारले योगदान पुर्‍याएको भन्दै नेपाल र अमेरिकाबीच ‘चौथो ल्याण्ड फोर्सेज टक्स’ सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरे।

राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच ‘चौथो ल्याण्ड फोर्सेज टक्स’ सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै यसमा सहमति भएबमोजिम नेपाललाई हवाइ साधनलगायतका उपकरण उपलब्ध गराउन प्रयत्न गर्ने आश्वासन दिए।

उनले नेपाली सेना एवं रक्षा मन्त्रालयको क्षमता विकासमा थप सहयोग उपलब्ध गराउन इच्छुक रहेको धारणा व्यक्त गर्दै विश्व शान्ति स्थापनामा शान्ति सेनाको माध्यमबाट नेपालले खेलेको भूमिकाको प्रशंसा गरे।

Tags :
प्रतिक्रिया दिनुहोस