गायक राजेशपायल राई नगर सद्‍भावना दूत नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गायक राजेशपायल राई नगर सद्‍भावना दूत नियुक्त


२२ चैत्र २०७९, बुधबार


काठमाडौँ । चर्चित गायक राजेशपायल राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सद्भावना दूत नियुक्त भएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा जन्मिएका गायक राईलाई चैत १९ गतेको नगर कार्यपालिकाको बैठकले नगर सद्भावना दूत नियुक्त गर्ने निर्णय गरेको हो ।

‘राई इज किङ’का रूपमा नेपाली साङ्गीतिक क्षेत्रमा परिचित राईलाई नगरपालिकाको शान, मान र स्वाभिमानको रूपमा नगर सद्भावना दूत नियुक्त गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले जानकारी दिएका छन् । ‘हाम्रो निर्णयपछि गायक राई नगरपालिकाको समृद्धि र पहिचानका लागि नगर सद्भावना दूतको रूपमा सक्रिय रहनु हुनेछ,’ मेयर भट्टराईले भने, ‘उहाँको नियमित हुने देश–विदेशको भ्रमणले देश विदेशमा दिक्तेल नगरपालिकाको पहिचान अझ स्थापित हुनेमा विश्वस्त छौँ ।’

नगरपालिकाले ३७ सदस्यीय थिंक ट्यांक (प्राज्ञ तथा विज्ञ समूह), २१ सदस्यीय प्रोजेक्ट बैंक सल्लाकार, २८ सदस्यीय समृद्ध नगर श्रोत व्यवस्थापन सल्लाहकार, नौ सदस्यीय अनुभवी सल्लाहकार र १९ सदस्यीय विभिन्न विद्याका सल्लाहकार चयन गरेको छ ।

नगरपालिकामा देशका वरिष्ठ चित्रकारको उपस्थितिमा आगामी आर्थिक वर्ष अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको मेयर भट्टराईले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस