‘सरकारी तलब खाएर राजनीतिक गर्ने शिक्षक नेपालमा मात्रै छन्’ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

‘सरकारी तलब खाएर राजनीतिक गर्ने शिक्षक नेपालमा मात्रै छन्’


२१ चैत्र २०७९, मंगलबार


काठमाडौँ । रवीन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरूलाई राजनीति गर्नबाट रोक्न नसके देश रूपान्तरण सम्भव नरहेको बताएका छन्।

मङ्गलवार काठमाडौँमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक कर्मचारीहरू नेपालबाहेक कुनै पनि देशमा नरहेको बताए।

उनले भने, ‘संसारमा कुनै पनि यस्तो देश छैन, जहाँ सरकारी तलब खाएर, एउटा सरकारी कार्यालयमा सात वटा युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गरेको स्थिति कतै पनि छैन। हामी जस्तोसुकै कानुन लिएर आउँ, त्यो कानुनले नै सार्वजनिक विद्यालयका शिक्षकहरूलाई, सरकारी तलब खाने शिक्षकहरूलाई हामीले राजनीतिबाट रोक्न सकेनौँ भने यो देशमा तपाईँले मरिमेट्नुस् यो देशको रूपान्तरण सम्भव छैन।’

उनले सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसकिने स्पष्ट पारे। वरिष्ठ उपाध्यक्ष मिश्रले बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरुले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पीडाको विषय भएको उल्लेख गरे।

उनले विद्यालय, विश्वविद्यालयमा राजनीति नगर्न सबै राजनीतिक दलहरूसँग आग्रह गरे। उनले शिक्षामा राजनीतिकरण गर्नु जघन्य अपराध भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस