दैलेखमा जिप दुर्घटना, १४ जना घाइते « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दैलेखमा जिप दुर्घटना, १४ जना घाइते


२० चैत्र २०७९, सोमबार


सुर्खेत । दैलेखको आठबिस नगरपालिकामा जिप दुर्घटना भएको छ । यात्रुवाहक जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

सुर्खेतबाट कालिकोट नरहरिनाथ गाउँपालिकाको लागि छुटेको १ ज ५५ नम्बरको बोलेरो जिप कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।

जिपमा सवार १४ जना यात्रु घाइते भएका छन् ।

जिपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस