बैतडीमा जिप दुर्घटना, १ जनाको मृत्यु, १२ घाइते « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बैतडीमा जिप दुर्घटना, १ जनाको मृत्यु, १२ घाइते


२० चैत्र २०७९, सोमबार


धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

देहीमाण्डौं–गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका-५ को तिलकपुर भीटामा सोमबार से १ ज २९५ नम्बरको जिप दुर्घटना हुँदा पञ्चेश्वर-५ कै ५५ वर्षीय महादेव भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालकसहित जिपमा सवार अन्य १२ जना घाइते छन् ।

उनीहरू मध्ये पञ्चेश्वरकै कुन्ती भट्ट गम्भीर घाइते छन् भने अन्यको अवस्था खतरामुक्त रहेको छ । जिपको ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस