कुपण्डोलको महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कुपण्डोलको महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ ।

आगलागी हुँदा ७ वटा चार पाङ्ग्रे गाडी, ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर जलेर नष्ट भएको छ ।

आज बिहान लागेको आगो नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा लिएको ललितपुर प्रहरी परिसरका डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण सङ्कलनको काम पनि भइरहेको साहले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस