चेल्सीका मुख्य प्रशिक्षक पोटर बर्खास्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चेल्सीका मुख्य प्रशिक्षक पोटर बर्खास्त


२० चैत्र २०७९, सोमबार


काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ ।

चेल्सीले आइतबार मुख्य प्रशिक्षक पोटरलाई बर्खास्त गरिएको जनाएको छ । प्रिमियर लिगमा टोलीले खराब प्रदर्शनलाई कायम राखेपछि चेल्सीले प्रशिक्षक पोटरलाई बर्खास्त गरेको हो ।

इंग्लिस प्रशिक्षक ७ महिनामै बर्खास्तमा परेका हुन् । गत सेप्टेम्बरमा थोमस टुसेलको स्थानमा स्टामफोर्ड ब्रिजमा पुगेका पोटरको प्रशिक्षणमा चेल्सीले ३१ मध्ये ११ खेलमा पराजित बेहोरेको छ ।

थोमस टुचेललाई बर्खास्त गरेपछि गत सेप्टेम्बरमा चेल्सीले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

चेल्सी प्रिमियर लिगमा ११औं स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस