सरकार सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न केन्द्रित छ : गृहमन्त्री श्रेष्ठ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकार सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न केन्द्रित छ : गृहमन्त्री श्रेष्ठ


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अहिलेको व्यवस्था कमजोर पार्ने गरी कुनै पनि गतिविधि हुन नदिने बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार अहिलेको व्यवस्थाको रक्षा गर्दै शान्ति, समृद्धि र विकासको मार्गमा लम्किरहेको दाबी गरे ।

उनले भने, ‘यो लोकतन्त्र नयाँ प्रकारको लोकतन्त्र हो । यो मौलिक बाटोबाट हामीले हासिल गरेका हौँ । यसलाई हर हालतमा रक्षा गर्नु, यसलाई अझै सुदृढ गर्नु, यसको कार्यान्वयनको वातावरण बनाउनु हाम्रो लक्ष्य र कार्यभार हो । यो उपलब्धि र राजनीतिक कार्यभारलाई कमजोर पार्ने गरी हुने कुनै पनि गतिविधिलाई रोक्न, यो व्यवस्थालाई कमजोर पार्ने कुनै पनि काम हुन नदिन सरकार दृढ र प्रतिबद्ध छ ।’

उनले सरकारले अब सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कुरामा केन्द्रित भएर काम गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस