सांसदहरु पछि हटे सभामुखको अधिकार कटौती गर्ने प्रस्तावबाट « प्रशासन
Logo १९ जेष्ठ २०८०, शुक्रबार
   

सांसदहरु पछि हटे सभामुखको अधिकार कटौती गर्ने प्रस्तावबाट


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधि सभाका सभामुखको तजबिजको अधिकार सङ्कुचन गर्न प्रस्ताव गरेका सत्तारुढ दलका सांसद पछि हटेका छन् ।

शनिबार सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र संशोधन दर्ता गर्ने सांसदहरुबीच छलफल भएको थियो ।

त्यो छलफलमा सभामुखले सबैको साझा भएर काम गर्ने प्रतिबद्धता जनाएपछि सभामुखले बैठकको मिति तोक्ने, सभाको अन्त्य गर्ने जस्ता तजबिजका आधिकार कार्य व्यवस्था परामर्श समितिले निर्धारण गर्ने भन्ने संशोधन दर्ता गराएका सांसदहरूले सो संशोधन फिर्ता लिन सहमति जनाएका हुन् ।

गत चैत ६ गते सभामा प्रस्तुत भएको र प्रतिनिधि सभाले बनाउन लागेको ‘प्रतिनिधि सभा नियमावली’ मस्यौदामाथि सत्ता पक्ष सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्दै सभामुखको अधिकार सङ्कुचित गर्ने मनसाय प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस