समाजवादी प्रेस सङ्गठन लुम्बिनीको अध्यक्षमा भुसाल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

समाजवादी प्रेस सङ्गठन लुम्बिनीको अध्यक्षमा भुसाल


१९ चैत्र २०७९, आइतबार


लुम्बिनी । समाजवादी प्रेस सङ्गठन नेपाल लुम्बिनी प्रदेश समितिको अध्यक्षमा हृदय भुसाल चयन भएका छन् ।

सङ्गठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठसहित शनिबार बसेको पदाधिकारी बैठकले भुसालको नेतृत्वमा २९ सदस्यीय समिति गठन गरेको हो ।

सङ्गठनको उपाध्यक्षमा शंकरप्रसाद पाण्डेय (रुपन्देही), महिला उपाध्यक्षमा प्रतिज्ञा बुढा मगर(रोल्पा), सचिवमा दीपक आचार्य,अनुरागीझ (कपिलवस्तु), कोषाध्यक्ष प्रकाश न्यौपाने (रुपन्देही), सहसचिवमा पदम गैरै सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरि सदस्यहरूमा लोकनाथ शर्मा, मनोज क्षेत्री, एलिना आचार्य, अशोक चौहान, विक्रम आचार्य लगायत चयन भएका छन् । लुम्बिनी प्रदेश समितिमा जिल्ला अध्यक्षहरू पदेन रहने व्यवस्था छ ।

विस्तारित बैठकमा बोल्दै समाजवादी प्रेस सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले आफूहरू अभिव्यक्ति र प्रेस स्वतन्त्रताको रक्षा गर्दै व्यावसायिक पत्रकारिताका पक्षमा उभिने बताए । उनले समाजवादी प्रेस सङ्गठन आलोचनात्मक चेत भएका पत्रकारहरूको सङ्गठन भएको जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस