पूर्व न्यायाधीश केसी र गीतकार खरेल पुरस्कृत « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पूर्व न्यायाधीश केसी र गीतकार खरेल पुरस्कृत


१८ चैत्र २०७९, शनिबार


काठमाडौँ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी र वरिष्ठ गीतकार किरण खरेल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पुरस्कृत भएका छन् ।

मैनाली समाज नेपालले स्थापना गरिएको ‘खिलमिका लक्ष्मी मैनाली पुरस्कार’ उनीहरूलाई शनिबार प्रदान गरिएको हो ।

कानुन तथा न्याय बिधाको पुरस्कार केसीलाई तथा सामाजिक क्षेत्रको पुरस्कार खरेललाई प्रदान गरिएको समाजले जनाएको छ ।

त्यस्तै, नेपाल सरकारका सचिव हरिप्रसाद मैनाली र वरिष्ठ पत्रकार डा।रघु मैनाली पनि कार्यक्रममा सम्मानित भएका छन् । कामु प्रधानन्यायाधीशले उनीहरूलाई पुरस्कृत गरेका हुन् ।

कार्यक्रममा कामु प्रधानन्यायाधीश कार्कीले मैनाली वंशावलीको दोस्रो संस्करणको विमोचन तथा गत वर्षको एसइइमा उत्कृष्ट नम्बर ल्याउने ९ जनालाई काशी मैनाली शिक्षा पुरस्कार प्रदान गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस