तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बुबाको मृत्यु, छोरा घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बुबाको मृत्यु, छोरा घाइते


१८ चैत्र २०७९, शनिबार


दमौली । तनहुँमा ट्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु भएको छ ।

दुर्घटनामा अधिकारीका छोरासहित दुईजना घाइते भएका छन् ।

भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बेँसी सहर सडक खण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नंको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।

दुर्घटनामा मृतक अधिकारीका छोरा १७ वर्षीय समीर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन् । दुवैको उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस