उपनिर्वाचन : तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालले दिए निवेदन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उपनिर्वाचन : तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनालले दिए निवेदन


१६ चैत्र २०७९, बिहिबार


पोखरा । नेपाली काँग्रेसले नेता गोविन्द भट्टराईको नाम टुङ्गो लगाएसँगै काँग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् स्वर्णिम वाग्ले उम्मेदवार बन्ने चर्चाले तनहुँमा तरङ्ग ल्याएको छ ।

गोविन्द र वाग्लेको चर्चाबिच एमालेलाई पनि उम्मेदवार टुङ्ग्याउन दबाब परेको छ । तनहुँ–२ मा काँग्रेसका शङ्कर भण्डारीसँग पराजित भएका एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले आफू उपचुनावमा नउठ्ने बताएका छन् ।

गुरुङ पछि हटेसँगै एमालेबाट पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालको चर्चा सुरु भएको छ । स्थायी कमिटी सदस्य गुरुङले पनि खनालको सम्भावना रहेको बताए ।

सर्वेचन्द्रले बिहीबार तनहुँ पुगेर क्षेत्रीय समन्वय कमिटीमा आवेदन पेस गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस